भेडेटारमा डिजिटल सूचना केन्द्र स्थापना, पर्यटकलाई सुचनामा पहुँच पुग्ने विश्वास

Suchana kendra vedetar

धनकुटा । तराईका जिल्लाबाट धनकुटा प्रवेशद्वारको रूपमा रहेको भेडेटारमा डिजिटल सूचना केन्द्र स्थापना भएको छ ।

प्रदेश १ कै प्रमुख पर्यटकीय स्थल भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकलाई भेडेटारका पर्यटकीयस्थलको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले साँगुरीगढी गाउँपालिकाले करिब साढे सात लाख रुपैयाँ लगानीमा सूचना केन्द्रको स्थापना गरेको हो ।

डिजिटल सूचना केन्द्रको अवधारणालाई मध्यनजर गरी सूचना केन्द्र स्थापना गरि पर्यटकीयस्थलहरूलाई देखाइ भेडेटार आउने पर्यटकलाई सहज बन्ने छ। सूचना केन्द्रले पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने तथा पर्यटन व्यवसायीले समेत प्रचारप्रसारमा सहज हुने नाइएको गाउँपालिका अध्यक्ष कुमारजंग याख्खाको भनाइ छ ।

सो सूचना केन्द्रको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरे । सो केन्द्रको उदघाटन गर्दै राईले संघ प्रदेश र स्थानीय सरकारको सहकार्यमा साँगुरीगढीमा पर्यटकीय गतिविधि बढाउने काम गरिने बताए ।

उनले अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको र पहिलो प्राथमिकता जनतालाई जसरी पनि सुरक्षित राख्ने रहेकाले केही काममा ढिलाइ भएपनि अब विस्तारै सरकारले धमाधम काम गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...