हैदराबादलाई हराउँदै दिल्ली पहिलो पटक पुग्यो आइपिएलको फाइनलमा

Dilli ipl

काठमाडाैं । युएइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेकाे छ । दिल्लीले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । 

१ सय ९० रनकाे चुनाैती पछ्याउने क्रममा हैदराबादले १ सय ७२ रन मात्र बनाउन सक्याे । हैदराबादका केन विलियम्सनले ६७, अब्दुल सामदले ३३, मनिष पाण्डेले २१, प्रियम गार्गले १६ तथा ज्यासन हाेल्डर र राशिद खानले समान ११-११ रन जाेडे पनि टाेलीलाई जित दिलाउन भने सकेन ।

दिल्लीका कगिसाे रबडाले ४, मर्कूस स्टाेइनिसले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे । यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटकाे क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

आजको खेलमा दिल्लीलाई ओपनर शिखर धवन र मर्कूस स्टोइनिसले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पावरप्लेमा मात्र ६५ रन जोडेका थिए ।

उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । स्टोइनिसले आउट हुन अघि स्टोइनिसले ३८ तथा धवनले ७८ रन बनाएका थिए ।श्रेयास आयरले २१ तथा शिम्राेन हिटमेयरले अविजित ४२ रनकाे पारी खेले ।

पहिलाे क्वालिफायरमा दिल्ली मुम्बइ इन्डियन्ससँग ५७ रनले पराजित भएकाे थियाे भने हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरमाथि एलिमिनेटरमा ६ विकेटले विजयी हुँदै क्वालिफायरमा छनाेट भएकाे थियाे ।

दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बइसँग उपाधिका लागि मंगलबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा भिड्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...