फराकिलो जितसँगै चेल्सी तेस्रो स्थानमा

W5kcfoicsvu23t5m2yc4

काठमाडौं । सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिज्डमा भएको खेलमा सुरुवाती अग्रता भने सेफिल्ड युनाइटेडले लिएको थियो । खेलको नवौं मिनेटमा डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा टमी अब्रहमले गोल गर्दै खेल बराबरीमा ल्याए । ३४औं मिनेटमा बेन चिलविलले गोल गरे । उनले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा थप दुई गोल गर्दा थिएगो सिल्भा र टिमो वेरनरले एक(एक गोल गरे ।

७७औं मिनेटमा जियाचको फ्रिकिकमा सिल्भाले हेडरमार्फत गोल गरेका थिए । सिल्भाको यो प्रिमियर लिगमा डेब्यु गोल हो । यसै सिजन उनी फ्रिट्रान्सफर विन्डोजमा फ्रेन्च लिग वान क्लब पीएसजीबाट चेल्सी पुगेका थिए । त्यस्तै ८०औं मिनेटमा कान्टेको पासमा वेरनरले गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै चेल्सी आठ खेलबाट १५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले आठ खेल खेल्दा चारमा जित, तीन बराबरी र एक खेलमा हार व्यहोरेको छ । यता सेफिल्ड युनाइटेड भने आठ खेलमा जितविहीन हुँदै तालिकको पुछारमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...