एटलेटिको म्याड्रिडको जितमा जोआओ फेलिक्सको दुई गोल

Atletico2020 11 08 06 04 14 800x533 50

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत एटलेटिको म्याड्रिडले काडिजमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले काडिजलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा जोआओ फेलिक्सले दुई गोल गरे भने लुइस स्वरेज र मार्कोस लिओरेंटले एक एक गोल गरेका थिए । यस खेलमा फेलिक्सले स्वरेजको गोल असिस्ट समेत गरेका थिए ।

यो जितपछि एटलेटिको ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । एटलेटिकोको ७ खेलमा १७ अंक रहेको छ । त्यस्तै काडिजको ९ खेलमा १४ अंक रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...