गोरखामा बलात्कारविरुद्ध कालो पोसाक लगाएर किशोरीहरुको प्रदर्शन

Stop rep1

गोरखा । बलात्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुले गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरुले कालोपट्टि, कालो मास्क र कालै पहिरन लगाएका थिए । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएकोममा चिन्ता जनाउँदै उनीहरुले अझै कति सहनेु, स्टप रेपु, घरभित्रै पनि होसियारु, हामी चुप कहिलेसम्मु लगायतका नारा लेखिएका प्लेकार्डसहित हरमटारी चोकमा प्रदर्शन गरे ।

बलात्कारका घटना बढे पनि दोषीलाई कारबाही हुन नसकेको प्रदर्शनमा सहभागी सुमित्रा मग्रातीले बताइन् । ‘गोरखामा पहिलो पटक बलात्कारविरुद्ध कार्यक्रम गरेका हौं,’ उनले भनिन्,‘पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि दबाब दिन पनि यो कार्यक्रमलाई अब निरन्तरता दिन्छौं ।’ पीडित १८ वर्षभन्दा माथिको भए जन्मकैद र १८ वर्ष मुनिको भए मुलुकी अपराध संहिता २०७४ बमोजिम आजीवन कारबास हुनुपर्ने उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...