बैंगलोर आइपीएल क्रिकेटको उपाधि होडबाट बाहिरियो

Vrp5561


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । गएराति भएको खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित ५० रन बनाए । यस्तै जासन होल्डरले अविजित २४ रन बनाउँदा मनिस पाण्डेले २४ र कप्तान डेभिड वार्नरले १७ रन बनाए । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ३२ र शिबम दुबेले ८ रन जोडे । हैदराबादका जासन होल्डरले ३ विकेट लिए ।

अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...