आईपीएलः दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा प्रवेश

1604622025 768x432

काठमाडौँ । मुम्बई इण्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

खेलमा दिल्लीले आठ विकेट गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो । दिल्लीलाई मुम्बईले २ सय १ रनको लक्ष्य दिएको थियो । यो खेल जितेसँगै अब आइपिएलको फाइनलमा पुगेको छ, मुम्बई । तर, फाइनलमा जाने बाटो दिल्लीको पनि बाँकी नै छ । अब उसले दोस्रो क्वालिफायरको विजेतासँग खेल्न पाउने छ ।

गयरातीको खेलमा दिल्लीको सुरुवाती खासै जम्न सकेन । उसले पहिलो ओभरमा नै दुई विकेट गुमायो । पृथ्वी शा तथा आजिंक्य रहाणे खाता नखोजी पेभेलियन फर्किए । दुवैलाई आउट गरेका थिए, ट्रेन्ट बोल्टले । पृथ्वीको प्रहारलाई क्विंटन डिककले समातेका थिए भने अजिंक्य एलबिडब्लू आउट भए ।

त्यसपछि क्रिजमा आएका शिखर धवन पनि लामो टिक्न सकेनन् । यो झट्कापछि दिल्लीलाई कप्तान श्रेयस अय्यर र मार्कस स्टोइनिसले सम्हाल्ने प्रयास गरेका थिए । तर, यो पनि सम्भव भएन । चौथो ओभरमा नै जसप्रितको बलमा श्रेयसको प्रहारलाई रोहित शर्माले क्याच गरे ।

तीन चौकाको सहयोगमा आठ बलमा १२ रन बनाएका श्रेयस आउट भए । दिल्लीले २० रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । छैटौ ओभर सकिँदा दिल्लीको ३२ रन मात्र भएको थियो । त्यसपछि पनि दिल्लीले राम्रो गर्न सकेन । ऋषभ पन्त पनि सस्तैमा समेटिए । दिल्लीका लागि मार्कसले ३६ बलमा अर्धशतक पूरा गरेका उनलाई अक्षर पटेलले साथ दिए ।

यी दुईले दिल्लीलाई १६ ओभरमा १ सय १२ रनमा पुर्याए । तर, यो दिल्लीका लागि खेल जित्न पर्याप्त थिएन । त्यसपछि दिल्लीका ब्याट्सम्यान जमेनन् । एउटा यस्तो समय आयो जब १० बलमा दिल्लीलाई ७६ रनको जरुरत थियो ।

पहिलो पारीमा मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय रन बनाएको थियो । यसका लागि इशान, किशन, सूर्यकुमार यादव तथा हार्दिक पाण्डेयले राम्रो प्रदर्शन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...