काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला

Death 1 768x490

काठमाडौँ । काठमाडौंको कोटेश्वरमा रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन् । मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए । उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी प्रहरीले लागुऔषध पनि भेटाएको बताएको छ । उनको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...