खेलकुदमा सधैं उत्कृष्ट नतिजा ल्याउँदै घ्यालसुम्दो सेवा संस्थाको खेलकुद विभाग

Gyalsumdo news 20

न्युयोर्क (अमेरिका) । सामाजिक कार्यमा सधैं सक्रिय रहने संस्था हो घ्यालसुम्दो सेवा संस्था । यसमा झण्डै २ सयको हाराहारीमा सदस्य छन् ।
मनाङको तल्लो भागमा पर्ने साविकको ४ वटा गाविस (धारपानी, थोंचे, ताचै–बगरछाप, चामे) घर भई विभिन्न पेशा र व्यवसाय गर्दै अमेरिकामा बसोबास गर्दै आएका मनाङेहरुको सेवामुलक संस्था पनि हो यो ।

यसले यो क्षेत्रका बासिन्दा अर्थात् अमेरिकामा बसोबास गर्दै आएका मनाङेहरुको चौतर्फी विकासमा लागि स्थापनाकालदेखि नै सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । साथै आफ्नो परम्परा, धर्म, संस्कृतिको उजागर गर्दै आएको छ भने संस्थाले तल्लो मनाङमा रहेका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्नका लागि मद्यत गर्दै आएको घ्यालसुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा बताउँछन् ।

सन् १९९९ यसको स्थापना भए पनि डा. धाग्याल्पो पुनेलको संयोजकत्वमा २००४ मा विधिवत रुपमा न्युयोर्कमा दर्ता भएको थियो । सन् २०१५ मा गैरनाफामुलक ५०१ (सी ३) प्राप्त गर्न सफल बनेको थियो ।

यही संस्थाको एउटा विभाग हो खेलकुद विभाग । यसले लामो समयदेखि अमेरिकामा हुने सबै प्रकारका खेलकुद स्पर्धामा सधैं उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यसले पनि घ्यालसुम्दो सेवा संस्थाको महत्व बढाइदिएको छ ।

यही अक्टुवर १३ मा न्युयोर्क गोरखा टुर्नामेन्टमा घ्याल्सुक्दो सेवा संस्था प्रथम बनेको छ । प्रथम भएसँगै यसले झन संस्थाको गरिमा उच्च बनाएको छ । संस्थाले अमेरिकामा हुने सबै प्रकारका खेलकुद क्षेत्रमा लामो समयदेखि सहभागीता जनाउँदै आएको छ ।

एलजीए उवर (LGA UBER) फुटवल क्लबको आयोजनामा अक्टोबर २० मा भएको प्रथम दशैं कप फुटबल प्रतियोगितामा नेपाल युनाइटेड फुटवल क्लव प्रथम हुँदा घ्यालसुम्दो सेवा संस्था दोस्रो हुँदै ७ सय अमेरिकी डलर हात पार्न सफल भएको थियो । सो प्रतियोगितमा अमेरिकामा रहेका चर्चित ९ टिमको सहभागिता रहेको थियो ।

घ्यालसुम्दो सेवा संस्थाको खेलकुद विभाग संयोजक राजु गुरुङको नेतृत्वमा सहभागी घ्यालसुम्दो सेवा संस्थाको टोलीले सधैं जित पार्दै आएको छ । खेलकुद विभागको यो प्रयास संस्थाका लागि सधैं बधाईको पात्र बनिरहने संस्थाका अध्यक्ष निमा ल्हमो बताउँछन् । उनले सबै खेलाडीहरुलाई बधाई समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...