दिल्ली आईपीएलको क्वालिफायरमा, पराजित भए पनि बैंगलोर प्ले अफमा

Delhi 1024x621

काठमाडौँ । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायरमा पुगेको छ । सोमबार राती रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो । हारपछि पनि आरसीबी प्लेअफमा पुगेको छ ।

पहिला ब्याटिंग गरेको आरसीबीले ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवन र अजिंक्य रहाणेले अर्धशतक बनाएपछि ४ विकेट गुमाएर १९ ओभरमा जित दिलाए । यदि यो खेल १७ ओभर ३ बलमा दिल्लीले जितेको भए आरसीबी अंक तालिको चौथो स्थानमा खस्किने थियो । र कोलकाता तेस्रो नम्बरमा उक्लिने थियो । तर, खेल १९ ओभरसम्म पुगेकाले १४ अंक रहेको आरसीबी पनि प्लेअफ पुगेको छ ।

मुम्बई यसअघिनै क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा फाइनलमा स्थान बनाउन बिहिबार मुम्बई र दिल्ली भिड्ने छन् । शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोली एलिमिनेटर खेल खेल्नेछ । मंगलबार हैदराबाद मुम्बईविरुद्ध विजयी भएमा प्ले अफमा पुग्नेछ । पराजित भएमा कोलकाताले प्ले अफमा स्थान बनाउने छ । हैदराबाद पराजित भएमा एलिमिनेटरमा कोलकाता र बेंगलोर भिड्ने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...