राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा ७७ जना विदेशी नागरिकले दिए आवेदन

Can vacancy

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदका लागि ७७ जना विदेशी नागरिकले आवेदन दिएका छन् । नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक, प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

प्रमुख प्रशिक्षक बाहेकको सबै पदका लागि नेपाली नागरिक नै हुनुपर्ने मापदण्ड तोकिएको छ । नेपाल क्रिकेट संघले आफ्नो वेबसाइटसँगै एशियाली क्रिकेट संघ र आईसीसीको वेबसाइटमा प्रमुख प्रशिक्षक पदका लागि आवेदन आव्हान गरेको थियो । संघले सेप्टेम्बर २३ सम्मको म्याद राखेर आवेदन आव्हान गरेको थियो ।

एक जना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।

प्रमुख प्रशिक्षक पदका लागि सीए लेभल तीनको योग्यता हुनुपर्ने, तीन वर्ष व्यवसायिक प्रशिक्षणको अनुभव भएको हुनुपर्नेछ । जसअन्तगर्त आईसीसीको पूर्ण सदस्य, पहिलो श्रेणिको टोली, एशोसिएट सदस्य, राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगको अनुभव लिएको हुनुपर्नेछ ।

६० वर्ष उमेर हद तोकिएको प्रशिक्षकका उम्मेदवारले एशोसिएट राष्ट्रको एकदिवसीय चक्रबारे जानकार हुनुपर्ने र क्रिकेट संस्कृतिको ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।

संघले छनोट गरेको उम्मेदवारसँग एक वर्षको समयावधि राखेर अनुबन्धन गरिनेछ । भारतीय पूर्ब क्रिकेटर उमेश पटवालले समय अगावै अनुबन्धन समाप्त गरेरे फर्केपछि राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको पद रिक्त हुन गएको हो । गत् माघदेखि प्रशिक्षकविहीन रहेको नेपाली टोलीको प्रशिक्षण हाल जगत टमाटाले गर्दै आएका छन् ।

नेपाल क्रिकेट संघको महाप्रबन्धक पदका लागि ४५ जनाको आवेदन परेको छ । संघका कोषाध्यक्ष सिंहले राष्ट्रिय क्रिकेट टोलीका पूर्ब कप्तान विनोद दासले समेत बोर्ड प्रबन्धकको लागि आवेदन दिएका छन् । पूर्बकप्तान दास यसअघि जुनियर टोलीको प्रशिक्षकको रुपमा कार्यरत थिए ।

वित्त अधिकारीका लागि ३५ जना र क्रिकेट प्रबन्धकका लागि पाँचजनाले आवेदन दिएका छन् । सात प्रदेशका सात जना स्थानीय प्रशिक्षकका लागि २१ जनाले आवेदन दिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...