पछिल्लो २४ घण्टामा २ हजार ५०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत अवस्था

Corona test logo

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर टेष्ट गर्दा ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना छन् ।

मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...