बलर चल्न नसक्दा पञ्जाव निरीह, राजस्थान रोयल्ससँग ७ विकेटले पराजित

Gayle ipl

अबुधाबी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा किंस ११ पञ्जाबले हार व्यहोरेको छ । बलरहरू चल्न नसक्दा पञ्जाबले राजस्थान रोयल्ससँग ७ विकेटको हार व्यहोरेको हो ।

शेख जायद रंगशालामा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन जोडेको थियो । जवाफमा १८६ रनको लक्ष्य राजस्थानले मात्र १७.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि बेन स्टोक्सले ५० रन बनाए। त्यस्तै सञ्जु सामसोनले ४८ तथा स्टेभेन स्मिथले ३१ रन जो डे। ओपनर रोबिन उठप्पाले ३० र जोश बटलरले २२ रनको योगदान गरे । पञ्जाबका मुरुगन आश्विन र क्रिश जोर्डनले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि क्रिस गेलले ९९ रन बनाएका थिए। त्यस्तै कप्तान तथा ओपनर केएल राहुलले ४६ रन जाडेका थिए भने निकोलस पुरनले २२ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले २ तथा बेन स्टोक्सले समान २ विकेट लिए ।

पञ्जाबको हारसँगै ‘युनिभर्स बोस’ भनेर समेत चिनिने क्रिस गेलको ९९ रन खेर गयो । उनले विस्फोटक ब्याटिङ गर्दै ६३ बलमा ८ छक्का र ४ चौका हिर्काएका थिए। उनी शतक बनाउनबाट भने १ रनले चुके ।

अन्तिम ओभरको पहिलो बलमा १ रन लिएका गेललाई ग्लेन म्याक्सवेलले तेस्रो बलका लागि स्टम्प दिएका थिए । तेस्रो बलमा आफूलाई सावित गर्दै गेलले जोफ्रा आर्चरको बलमा छक्का हिर्काए। लगत्तै चौँथो बलमा बोल्ड हुन पुगे ।

पञ्जाबको हारमा बलर चल्न नसक्नु पनि एउटा कारण हो। पञ्जाबका सबै बलर राजस्थानका ब्याटसमेनसामु निरीह देखिए ।

ओपनिङ बलिङ गरेका आर्शदीप सिंहले ३४ रन खर्चिए । उनले ३ ओभरमा बलिङ गरे । त्यस्तै ३ ओभर नै बलिङ गरेका मोहम्मद शामीले ३६ रन दिए भने मुरुगन आश्विनले ४ ओभरमा ४३ रन खर्चिए। यसैगरी क्रिस जोर्डनले ४४ रन दिए । उनले ३.३ ओभर बलिङ गरे । ४ ओभर बलिङ गरेका रवि विश्नोइले २७ रन खर्चिए। उनी टिमको सबभन्दा किफायती बलर बने ।

पञ्जाबको प्ले अफ पुग्ने अंकगणित जिवितै
राजस्थानसँगको हारपछि पनि पञ्जाबको प्ले अफमा पुग्ने सम्भावना भने कायमै रहेको छ । १३ खेल खेलिसकेको पञ्जाबले अब एक खेल खेल्न बाँकी छ। उसले १३ खेलमध्ये ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ ।

उता समान खेल खेलिसकेका राजस्थान र कोलकाता नाइट राइडर्सले पनि १/१ खेल खेल्न बाँकी छ। यी दुबै टिमले पनि समान १२ अंक बटुलेका छन्। यी दुबै आइतबार भिड्दैछन् । यदि यी दुईमध्ये पञ्जाबको रनरेट राम्रो भएमा प्ले अफ पुग्ने सम्भावना रहन्छ । त्यति मात्रले पुग्दैन, पञ्जाबले आइतबार हुने खेलमा चेन्नई सुपर किंसलाई राम्रो रनरेटमा पराजित गर्नुपर्छ ।

यसैगरी पञ्जाब प्ले अफमा पुग्नका लागि १२ खेल खेलिसकेको सनराइजर्स हैदराबाद कम्तिमा एक खेलमा हार्नुपर्ने हुन्छ । यदि हैदराबादले दुबै खेल जितेमा उसलाई रनरेटमा पछि पार्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...