स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ हप्ताको २ दिन मात्रै हुने

Dr.jageshwor gautam

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने आयोजना गर्दै आएको नियमित प्रेस ब्रिफिङ अब दैनिक नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार अब आइतबार र बुधबार दिउँसो ४ः१५ बजे मात्रै प्रेस ब्रिफिङ राखिएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्ताको दुई दिनबाहेक अन्य दिन प्रेस ब्रिफिङ नहुने जानकारी दिए ।

उनका अनुसार दैनिक नेसनल अपडेट अब नगरेर आइतबार र बुधबार मात्रै गरिने छ । २४ घन्टाको अपडेटलाई भने दैनिक ४ः३० बजे वेभसाइट, फेसबुक, भाइबर र मोबाइल एप्समार्फत जानकारी गराउने गौतमको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...