कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

Butwal corona hospital

बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोमबार राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस