आज पनि आफन्तको हातबाट टीका ग्रहण गरेर दशैं मनाइँदै

Dashain tika

काठमाडौं । वडा दशैंको ११ औं दिन आज । आज पनि नेपालीहरुले आफन्तको हातबाट टीका ग्रहण गर्दै आर्शिवाद लिँदैछन् । दशमीको दिन टीका ग्रहण गर्न नभ्याउनेहरुले आज पनि आफन्तसँग टीका लगाउँदैछन् ।

मुख्यगरी दशमीको दिन टीका लगाइने भए पनि सो दिन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म आफन्तको हातबाट टीका लगाई आर्शिवाद लिने गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु र आमाको हातबाट दशैंको टीका लगाएकी छन् । राष्ट्रपति भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेको हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएकी थिइन् ।

प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपति भण्डारीको हातबाट टीका र जमरा माला ग्रहण गरिन् ।

यसैबीच नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लामो समयपछि पहिलोपटक नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको शुभकामना आदानप्रदान रोकेको हो ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...