प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट टीका जमरा

Rastriapant pm tika

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएकी थिइन् ।

प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपति भण्डारीको हातबाट टीका र जमरा माला ग्रहण गरिन् ।

प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहका कारण प्रधानमन्त्री निवास बालुवाटारमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको संक्रमण बढिरहेको र यसको रोकथामको लागि भीडभाड नगर्नुपर्ने भएकाले प्रधानमन्त्रीले यसपटक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नराखिएको बताए । सअघि प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाई दिने चलन थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...