दाङका थारु समुदायले आइतबारै सेतो टीका लगार मनाए दशैं

Tharu dashain

दाङ । दाङका थारु समुदायले आइतबार नै मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ ।

दाङका थारु समुदायले नवमीको दिन सेतो टीका र मकैको जमरा लगाएर दसैं मनाउँछन् । घरमूली गाउँको अगुवा महतौ (महतवा) को घरमा रक्सीसहित परिकार बोकेर जान्छन् र टीका लगाइमाग्छन् । त्यसपछि घरका अरु सदस्यहरुलाई टीका लगाइदिन्छन् ।

उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् । दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि नै माछामासु र दाउरा जोहो गर्ने, किनमेल गर्ने गर्दछन् ।

दसैंलाई उनीहरु पितृ पुर्खा पूजाको पावन अवसरको रुपमा लिन्छन् । सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्दछन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री, रक्सी आदि चाहिन्छ ।

पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । बाँकी बचेका परिकार खोला वा नदीमा सेलाउँछन्, जसलाई उनीहरु पितृ सेलाएको रुपमा ब्याख्या गर्छन् ।

यी सबै प्रक्रिया पूरा गरेपछि टीका लगाउने चलन छ । अरु समुदायको सांस्कृतिक प्रभावका कारण कसैकसैले टीकाकै दिन रातो टीका र जौकै जमरा लगाउने चलन पनि चलाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...