राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोका वलि दिइयो

Bali pradan

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।

एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ ।

कोरोना संक्रमणका जिल्ला प्रशासन कार्यालय धनुषाले वलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने योजना बनाएको थियो । महन्थ र पुजारीसँग सोही आग्रह गरेका थिए । तर स्थानीयवासी विरोधका कारण वलि दिइएको छ ।

महाबीर युवा कमिटीका अध्यक्ष संतोष साहले शनिवार मात्रै बलिप्रदान गर्ने निर्णय भएकाले तुलनातमक रुपमा कम बोकाको वलि दिइएको बताए ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रादको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । वलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताए ।

राजदेवी मन्दिरका महन्थ राम गिरीले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको बताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...