कोलकातालाई हराउँदै बैङ्लोर आईपीएलको दोस्रो स्थानमा

Banglor 1603334902

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैङ्लोर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मुम्बई तेस्रो स्थानमा धकेलिएको छ।


हिजोको खेलमा कोलकाताले दिएको ८५ रनको झिनो लक्ष्य बैङ्लोरले १३।३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो। उसका लागि देवदत्त पाडिकलले २५ र गुरकिरात सिंहले अविजित २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ थालेको कोलकाताले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। उसले टीमको तीन रन हुँदा लगातार तीन विकेट नै गुमाएको थियो। त्यसपछि कोलकाता कुनै पनि समय सम्हालिन सकेन ।

पूरै ओभर खेलेको उसले आठ विकेट क्षतिमा जम्मा ८४ रन मात्र बनाउन सक्यो। जारी आईपीएलमा यो सबैभन्दा कम योगफल हो। बैङ्लोरका मोहम्मद सिराजले तीन तथा युजभेन्द्र चाहलले दुई विकेट लिए ।

जितसँगै १० खेलबाट १४ अंकसहित बैङ्लोर दोस्रो स्थानमा उक्लिएको छ। समान १४ अंक नै भएको दिल्ली क्यापिटल्स रनरेटका आधारमा शीर्षस्थानमा छ। मुम्बई इन्डियन्स भने तेस्रो स्थानमा धकेलिएको छ। तर, उसले एक खेल कम खेलेको छ र १२ अंक जोडिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...