आईपीएलमा चेन्नईमाथि राजस्थानको सहज जित

Rajastan wine 1 768x511

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा राजस्थन रोयल्स विजयी भएको छ । साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७ ओभरमै पूरा गरेको हो । लक्ष्य भेट्न उसले तीन विकेट गुमाउनु परेको थियो ।​ राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । उसका लागि कप्तान स्टिभ स्मिथ २६, बेन स्टोक्सले १९ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । रोबिन उथप्पाले ४ रन बनाउँदा सन्जु सामसन शून्य रनमा समेटिए । ​

चेन्नईका लागि दिपक चाहरले २ र हाजउडले १ विकेट लिए । पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । उसका लागि रबिन्द्र जडेजाले अविजित ३५, कप्तान महेन्द्र सिंह धोनी २८, साम करण २२, अम्बाती रायाडुले १३ रन बनाए भने फाप डु प्लेसिसले १० रनमा समेटिए ।

यो जितले राजस्थानको प्लेअफमा जाने सम्भावना कायमै छ । उसले १० खेलमा ८ अंक जोडेको छ । यो हारसँगै धोनीको टिम चेन्नईको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । अंक तालिकाको पुछारमा रहेको उसले ६ अंक जोडेको छ । आइपिएल अन्तर्गत आज (मंगलबार) दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच हुदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...