पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित

Kathmandu

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । तथ्याङ्कमा आरोह अवरोह भए पनि संक्रमितको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९२ हजार १ सय ६६ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस