कोलकातामाथि मुम्बईको एकतर्फी जित

Ipl 2

अबुधाबी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ । शेख जायद रंगशालामा शुक्रबार राति भएको खेलमा मुम्बईले ८ विकेटले जित निकालेको हो ।

टस जितेर कोलकत्ताले पहिलो ब्याटिङ रोजेको थियो । उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनायो । जवाफमा मुम्बईले १४९ रनको लक्ष्य २ विकेट गुमाउँदै १६–५ ओभरमै भेट्टायो।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ७८ रन बनाए। उनले ४४ बलमा ३ छक्का र ९ चौका हिर्काए । त्यस्तै कप्तान रोहित शर्माले ३५ रन जोडे भने हार्दिक पान्ड्याले २१ रन बनाए ।

कोलकत्ताका लागि वरुण चक्रवर्ती र शिवम माविले १–१ विकेट लिए। यसअघि ब्याटिङ गरेको कोलकत्ताका प्याट क्यूमिन्सले सर्वाधिक ५३ रन जोडे। त्यस्तै कप्तान इओन मोर्गानले ३९ रन बनाए भने सुबमन गिलले २१ रन जोडे।

कोलकत्तालाई सस्तैमा रोक्न मुम्बईका राहुल चाहरले कसिलो बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर २ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्टले १ विकेट लिए । नाथन कोल्टर निल र जसप्रित बुम्राहको नाममा पनि १–१ विकेट रह्यो ।

जितसँगै मुम्बई शीर्षस्थानमा उक्लिएको छ। मुम्बईले ८ खेलबाट १२ अंक जोडेको छ। समान खेल खेलेको दिल्ली क्यापिटल्सको पनि १२ अंक रहेको छ। तर नेट रनरेटका आधारमा मुम्बई शीर्षस्थानमा पुगेको हो। समान ८ खेलबाट कोलकत्ता भने ८ अंकसहित चौँथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...