आइपीएलमा चेन्नईको तेस्रो जित

Dhoni.jpg1602636784

काठमाडौँ । यूएईमा जारी आईपीएलको २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ । मंगलबार राति भएको खेलमा जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनाएको थियो ।

ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए । हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे । राशिद खान ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा क्याच आउट भएसँगै हैदराबादको झिनो आशा पनि सकिएको थियो ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

आठौं खेलमा यो चेन्नईको तेस्रो जित हो । उसले अब आफ्नो नवौं खेल दिल्लीसँग शनिबार खेल्ने छ । हैदराबादले भने आफ्नो नवौं खेलमा अब आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । अंक तालिकामा अहिले मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...