करातेको प्रशिक्षण सुरु

Karate 696x244

काठमाडौं । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर ६ असोजबाटै प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले पत्र काटेरै खेलकुद गतिविधि केही नगर्न निर्देशन दिए पनि खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै सुरक्षित विधि अपनाएर प्रशिक्षण गरिरहेको श्रेष्ठले बताए । यद्यपि राष्ट्रिय खेलकुद परिषद् राखेप को अनुमतिमा कराते खेलाडीको प्रशिक्षण सुरु गरेको बताइएको छ ।

कोरोनाका कारण नेपालमा लकडाउन खुकुलो पारिए पनि सरकारले भिडभाड हुने क्षेत्रसँगै खेलकुद र मनोरन्जनको क्षेत्रलाई अझै सुचारु गर्न अनुमति दिएको छैन । प्रशिक्षणमा गत वर्ष स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०का स्वर्ण विजेता अनु अधिकारी र नवीन रसाइली छन् ।

उनीहरूलाई पार्टनरको रुपमा आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता विपिन सिंह र प्रदेशस्तरीय खेलाडी स्वीकार राईलाई राखिएको प्रशिक्षक श्रेष्ठले बताए । प्रशिक्षक श्रेष्ठले तत्कालका लागि खेलाडीलाई फिटमा राख्नका लागि टेक्निकल फिटनेसको स्तर बढाउनमा केन्द्रित रहेको बताएका छन् । काठमाडौं उपत्यकामै कोरोना संक्रमणको दर बढेसँगै कराते टोलीको प्रशिक्षण गत साउन २७ गते स्थगित गरिएको थियो । टोकियो ओलम्पिक अर्को वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...