कोलकात्ता नाइट राइडर्सद्धारा चेन्नइ सुपर किङ्स १० रनले पराजित

Kkr vs csk 1

काठमाडाैं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नइका सेन वाट्सनले ५०, आम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले २१ तथा फाफ डु प्लेसिस र साम कुरानले समान १७ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । कोलकात्ताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान गरे ।

५१ बलको सामना गरेका त्रिपाठीले ३ छक्का र ८ चौकाको मद्धतमा ८१ रन बनाए । यस्तै, प्याट कमिन्सले नटआउट १७ रन बनाए । यसैगरी, सुनिल नारायनले १७, दिनेश कार्तिकले १२, सुभमन गिलले ११ रनको पारी खेले । चेन्नइका ड्वेन ब्राबोले ३ तथा साम कुरना, कर्ण शर्मा, शार्दूल ठाकुरले समान दुई-दुई विकेट लिए ।

पाँच खेलबाट ६ अंक जोड्दै कोलकात्ता तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नइ पाँचौं स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेको छ ।

दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । तालिको पुछारमा पाँच खेलबाट २ अंक मात्र जोडेको किङ्स इलावेन पञ्जाव रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...