बार्सिलोना बराबरीमा रोकियो

Barcelona win.jpg1601863107

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाले बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा बार्सिलोना र सेभियाले १–१ गोलको बराबरी खेलेका हुन् । खेलमा अग्रता भने सेभियाले लियो। उसका लागि डे जोङले आठौं मिनेटमा गोल गरे ।

तर बार्सिलोनाले दुई मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भयो। त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन। लिगको अर्को खेलमा साविक विजेता रियल म्याड्रिडले लेभान्तेलाई २–० गोलले पराजित गरेको छ। रियलका लागि भिनिसियस जुनियरले १६ मिनेटमा पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा करिम बेन्जिमाले रियलका लागि दोस्रो गोल गरेका थिए। जितपछि रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानमा झरेको रियल बेटिसको ५ खेलबाट ९ अंक छ । यता बार्सिलोना भने ३ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको सेभियाले पनि समान खेलबाट ७ अंक नै जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...