युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा

2020 10 01 brighton vs man utd

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३–० ले पराजित गर्दै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

फल्मेर स्टेडियममा भएको खेलमा युनाइटेडको जितका लागि स्कोट म्याकटोमिनीले पहिलो गोल गरेका थिए । उनले जुअन माटाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा जुअन माटा र पउल पोग्वाले एक एक गोल गरे । खेलको ७३ औं मिनेटमा भाव डि बीकको पासमा माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

त्यस्तै ८० औं मिनेटमा पोग्वाले गोल गर्दै टोलीलाई ३–० को सहज जित दिलाए । पोग्वाले मैदानमा प्रवेश गरेको करिब ११ मिनेटमा गोल गरेका थिए । उनी ६९ औं मिनेटमा डानिएल जेम्सको स्थानमा मैदानमा प्रवेश गरेका थिए । जितसँगै युनाइटेड प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने ब्राइटन प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस