सेभियालाई हराउँदै सुपर कपको उपाधि बायर्नलाई

1600996020

काठमाडौं । जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। उसले युरोपा लिग विजेता सेभियालाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

जितका लागि बायर्नका लियोन गोरेट्जका र जावी मार्टिनेजले गोल गरे। खेलको ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले दिएको पासलाई उपयोग गर्दै गोरेट्जकाले गोल गरे । पेनाल्टी गोलबाट सेभियाका लुकास ओकाम्पोसले १३औं मिनेटमै अग्रता बनाएसँगै पहिलो हाफमा १–१ गोलको बराबरी भएको थियो ।

दोस्रो हाफमा भने कुनै गोल सम्भव भएन। गोल नभएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो। थपिएको समय अन्तर्गत १०४औं मिनेटमा मार्टिनेजले निर्णायक गोल गर्दै बायर्नलाई जिताए । यरोपको शीर्ष फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको विजेताले सुपर कपमा प्रतिस्पर्धा गर्दछन् ।

जहाँ जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै, इटालियन क्लब इन्टर मिलानलाई हराउँदै स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको थियो ।

 

प्रतिकृया दिनुहोस