एस्टन भिल्लाको विजयी सुरुआत

2020 09 22 aston villa

एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले विजयी सुरुआत गरेको छ । सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो होलमा एस्टन भिल्लाले गोल गर्दै अग्रता लिएको थियो । एस्ट भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा खेलको एक मात्र निर्णायक गोल एज्री कोन्साले गरेका थिए ।

खेलको ६३ औं मिनेटमा कोन्साले निर्णायक गोल गर्दै घरेलु टोलीलाई साँघुरो जित दिलाएका थिए । उनले टिरोने मिङ्सको पासमा गोल गर्दै एस्टन भिल्लाको सुदख सुरुआत गरे ।

यसअघि पाहुना टोली सेफिल्ड युनाइटड १० खेलाडीमा समेटिएको थियो । खेलको १२ औं मिनेटमा जोहन एगनले ट्याकल गरेपछि रेफ्रीले सोझै रातो कार्ड देखाउँदै उनलाई मैदानबाटत बाहिर पठाएका थिए । जितसँगै एस्टन भिल्लाले एक खेलबाट तीन अंक जोडेको छ । यता सेफिल्ड युनाइटेड भने लगातार दोस्रो पटक भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...