युभेन्टसले जितसँगै गर्‍यो नयाँ सिजनको सुखद सुरुवात, रोनाल्डोले गरे गोल

Ronaldo

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३–० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो।

युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । खेलको १३ औं मिनेटमै रोनाल्डोको पासमा कुलुसेभ्स्कीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस १ गोलले अघि रह्यो।

दोस्रो हाफमा बोनुस्सीले अग्रता दोब्बर बनाए। उनले खेलको ७८ औं मिनेटमा गोल गरे। त्यस्तै क्रिस्टियानो रोनाल्डोले ८८ औं मिनेटमा गोल गर्दा युभेन्टसले ३–० को सहज जित निकाल्यो।

आन्द्रे पिरलो प्रशिक्षक भएर आएयता युभेन्टसको पहिलो जित हो। खेलमा १ हजार जना दर्शकहरुलाई स्टेडियममा अनुमति दिइएको थियो। त्यस्तै गएराति नै भएका सिरि ए का अन्य खेलहरुमा जेनोवाले क्रोटोनलाई ४–१ ले पराजित गर्दा सास्वलोले र काग्लिअरीले १–१ को बराबरी खेले ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...