एकैदिन देशभर थप १,३५९ जनामा कोरोना संक्रमण पुष्टि (जिल्लागत सुचीसहित)

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ थियो ।

प्रदेश १ को उदयपुरमा ओखलढुंगा र खोटाङमा २/२, झापामा २८, मोरङमा ७६ र सुनसरीमा ३९ जना संक्रमित भेटिएको छ । प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २, सप्तरीमा २६, सर्लाहीमा ८० र सिरहा १ जना कोरोना संक्रमि पुष्टि भएका छन् ।

बागमती प्रदेशको काठमाडौंका ३ सय ८६, काभ्रेपलाञ्चोक ७, चितवनका ८२, दोलखाका २ धादिङका १९, नुवाकोटका ५, भक्तपुरका ३६, मकवानपुरका १८, रसुवा १, रामेछापका १३, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपरासी पूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १ र स्याङजामा ३ जना कोरोना भेटिएको छ ।

प्रदेश ५ को कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।

कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१ दैलेखमा ९, सल्यानमा १ र रुकुम पश्चिममा १, सुदूरपश्चिम प्रदेशको अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३,बझाङका ४ र बैतडीका ३ जना छन् ।

पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५ सय ६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २ सय ७ थियो । मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।

कुल संक्रमितमध्ये १८ हजार ४ सय ९ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ६ सय ६८  जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ । नेपालमा हाल ६ हजार ५ सय ६१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...