कोरोनाले आमा बितेको ४ दिनमै छोराको मृत्यु, गर्भवती श्रीमतीसहित परिवारका ६ जना होम आइसोलेसनमा

Corona death all

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।

पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो ।

‘आमालाई दमको समस्या थियो, छोरामा भने अन्य कुनै रोग पत्ता लागेको थिएन,’ श्रेष्ठले भने । ती व्यक्तिकी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको र उनीहरू सबै होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए ।

यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...