आज भदौ १३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् यस्तो छ आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद हुने सम्भावना छ । प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । मानसिक क्षमता घट्दै गएको अनुभूति हुनेछ । छटपटी र असन्तुष्टि बढ्ने छन्, झैझगडा र विवादले तनाव बढ्ने भएकाले सतर्क रहनु पर्छ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडशमातृभ्यो नमः न्यूनतम जापसङ्ख्या : १६ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अकर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन पनि सक्छ, त्यसैले आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...