पिएसजीलाई पराजित गर्दै बार्यन म्युनिख बन्यो युरोपियन च्याम्पियन

Coman heads in the winner to clinch a famous treble against his former side

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई पराजित गर्दै जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो । पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो । त्यस विपरित पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो । बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए ।

पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुनै पनि खेल नहारी उपाधि जितेको हो ।

 

प्रतिकृया दिनुहोस