उत्कर्षमा पुग्यो भुवन केसी र साम्राज्ञीको यौन प्रकरण : केसी पुगे कलाकार संघको शरणमा

Vuwan samragi 18

काठमाडौं । नेपाली सिने जगतको स्टार हुन् भुवन केसी । अनि उनकै चलचित्र ‘ड्रिम्स’ बाट कलाकारिता क्षेत्रमा लागे चर्चा कमाउन सफल बनेकी हुन् नायीका साम्राज्ञी राज्य लक्ष्मी शाह । तर अहिले यी दुईको सम्बन्धले नेपाली सिने जगत तातेको छ ।

लामो समयदेखि नेपाली चलचित्र प्रदर्शनमा छैनन् । हलहरु बन्द छन् । तथापि भुवन केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहको यौक काण्डले भने सिने जगतलाई निक्कै मज्जाले तताई दिएको छ । यतिसम्मकी शाहले केसीमाथि कारवाहीको माग गर्दै चलचित्रकर्मीसँग गुहार नै मागेकी छन् ।

केसी स्टार भइकन पनि उनी बारम्बार विवादमा आइरहन्छन् । खासगरी उनी यौन काण्डमा मुछिएर विवादमा आउने गर्छन् । अहिले फेरि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको यौन काण्डको विषयमा उनी विवादमा तानिएका छन् ।

ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेपछि सिने क्षेत्र गर्मिलो बनेको हो । अहिले चर्चामा रहेकी नायिका शाह र अभिनेता तथा निर्माता भुवन केसी बीचको रस्सा कस्सीले हाल नेपाली चत्रचित्र क्षेत्र नै तात्तिएको छ ।

नायक, निर्माता तथा निर्देशक केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा भिडियो पोष्टमार्फत झुटा प्रचार नगर्न चेतावनी दिएका छन् । भुवनले लेखेको स्टाटसमा आफुलाई अवको दिनमा पनि झुठा लान्छना लगाउने काम गरेर कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

केसीले नेपाल चलचित्र कलाकार संघलाई पत्र लेख्दै आफु र शाहबीच भएको घटनाको सत्यतथ्य छानविनका लागि उजुरी दिएका छन् । उनले संघ सबै कलाकारहरुको छाता संगठन भएकाले संघले निष्पक्ष छानविन गर्नेछ भनेर आफुले पूर्ण विश्वास लिएको पनि बताएका छन् ।

केही दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

अभिनयमा ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरि पोस्ट भएको भिडियो सम्बन्धमा गम्भीर ध्यान आकर्षण भएको समेत बताएका केसीले लेखेका छन् ‘मेरो सूचनाको बाबजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सनी उपर तपाईंबाट यथोचित क्षतिपूर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजाएको भागेदारी गराउने जानकारी गराउँदछु ।’

साम्राज्ञीले आफूले अहिलेसम्म ८ वटा फिल्ममा काम गरेको र ३ वटा फिल्ममा दुर्व्यवहार भोग्नु परेको बताएकी छिन् । त्यसो त निर्माता केसीले भने शाहले अहिलेसम्म पनि ‘डेब्यू’ चलिचत्रकै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् ।

 यो पनि...

चर्कियो साम्राज्ञी र भुवन केसीको यौन काण्ड स् केसी भन्छन्, जुन थालमा खाने त्यहीँ थालमा दुलो पार्ने ?

काठमाडौं । नेपाली सिने जगतको स्टार हुन् भुवन केसी । स्टार भइकन पनि उनी बारम्बार विवादमा आइरहन्छन् । खासगरी उनी यौन काण्डमा मुछिएर विवादमा आउने गर्छन् । अहिले फेरि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको यौन काण्डको विषयमा उनी विवादमा तानिएका छन् ।

ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेपछि सिने क्षेत्र गर्मिलाे बनेकाे हो ।

पछिल्लो समय नेपोटिजमको कुरा उठिरहेका बेला शाहको यो भिडियोले झन् तात्तिएको हो ।

केही दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

पहिलो ‘डेब्यू’ फिल्मबाट नै सफल भएकी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई ईंगित गर्दै सार्वजनिक गरेको भिडियो बाहिरिएसंगै भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत प्रतिउत्तर दिएका थिए ।

भिडियो मार्फत फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले याैन दुर्व्यवहार गरेको अभिनेत्री शाहले बताएकी थिइन् ।

उनले फिल्मको सुटिङ सेटमै अश्लील शब्दहरुले गालीसमेत गरेको कुरा भिडियोमा व्यक्त गरेकी छिन् । अर्को फिल्ममा म्यानेजमेन्ट राम्रो परेन । मैले त्यस फिल्मको व्यक्तिलाई समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भनेर म्यानेजमेन्ट नराम्रो भयो भनेर भनेको थिएँ । ती व्यक्ति एक्कासी ममाथि झम्टिन आएकी थिइन्,’ उनले भनेकी छन्, अश्लील गालीहरु सुनाएकी थिइन्, मैले तीन व्यक्तिसँग काम गरें ।

bhuwan kc

मैले त्यो राम्रो अवसर पाएको थिएँ । तर, मैले उनीहरुसँग काम गर्दा जेदेखें त्यो कुरासँग म खुशी थिइन । साथै उनले यहाँ सबै नराम्रा छन् भन्न नखोजेको समेत स्पष्टोक्ति दिएकी छिन् । अभिनेता तथा निर्माता भुवन केसीले पनि आफूलाई दुर्व्यवहार गरेको लगाएकाे आरोपको विषयमा ‘जुन थालमा खायो सोही थाल दुलो पार्दै हिड्ने’ भन्ने प्रतिक्रिया दिएका थिए ।

साम्राज्ञीले आफूले अहिलेसम्म ८ वटा फिल्ममा काम गरेको र ३ वटा फिल्ममा दुर्व्यवहार भोग्नु परेको बताएकी छिन् । त्यसो त निर्माता केसीले भने शाहले अहिलेसम्म पनि ‘डेब्यू’ चलिचत्रकै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...