चर्कियो साम्राज्ञी र भुवन केसीको यौन काण्ड : केसी भन्छन्, जुन थालमा खाने त्यहीँ थालमा दुलो पार्ने ?

Bhuwan samragyee

काठमाडौं । नेपाली सिने जगतको स्टार हुन् भुवन केसी । स्टार भइकन पनि उनी बारम्बार विवादमा आइरहन्छन् । खासगरी उनी यौन काण्डमा मुछिएर विवादमा आउने गर्छन् । अहिले फेरि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको यौन काण्डको विषयमा उनी विवादमा तानिएका छन् ।

ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेपछि सिने क्षेत्र गर्मिलाे बनेकाे हो ।

पछिल्लो समय नेपोटिजमको कुरा उठिरहेका बेला शाहको यो भिडियोले झन् तात्तिएको हो ।

केही दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आ रोप लगाएकी थिइन् ।

पहिलो ‘डेब्यू’ फिल्मबाट नै सफल भएकी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई ईंगित गर्दै सार्वजनिक गरेको भिडियो बाहिरिएसंगै भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत प्रतिउत्तर दिएका थिए ।

भिडियो मार्फत फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले याैन दुर्व्यवहार गरेको अभिनेत्री शाहले बताएकी थिइन् ।

उनले फिल्मको सुटिङ सेटमै अश्लील शब्दहरुले गालीसमेत गरेको कुरा भिडियोमा व्यक्त गरेकी छिन् । अर्को फिल्ममा म्यानेजमेन्ट राम्रो परेन । मैले त्यस फिल्मको व्यक्तिलाई समयमा खान नपाएको, पानी पनि पिउन नपाएको भनेर म्यानेजमेन्ट नराम्रो भयो भनेर भनेको थिएँ । ती व्यक्ति एक्कासी ममाथि झम्टिन आएकी थिइन्,’ उनले भनेकी छन्, अश्लील गालीहरु सुनाएकी थिइन्, मैले तीन व्यक्तिसँग काम गरें ।

bhuwan kc

मैले त्यो राम्रो अवसर पाएको थिएँ । तर, मैले उनीहरुसँग काम गर्दा जेदेखें त्यो कुरासँग म खुशी थिइन । साथै उनले यहाँ सबै नराम्रा छन् भन्न नखोजेको समेत स्पष्टोक्ति दिएकी छिन् । अभिनेता तथा निर्माता भुवन केसीले पनि आफूलाई दुर्व्यवहार गरेको लगाएकाे आरोपको विषयमा ‘जुन थालमा खायो सोही थाल दुलो पार्दै हिड्ने’ भन्ने प्रतिक्रिया दिएका थिए ।

साम्राज्ञीले आफूले अहिलेसम्म ८ वटा फिल्ममा काम गरेको र ३ वटा फिल्ममा दुर्व्यवहार भोग्नु परेको बताएकी छिन् । त्यसो त निर्माता केसीले भने शाहले अहिलेसम्म पनि ‘डेब्यू’ चलिचत्रकै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...