अस्ताए पुराना पुस्ताका खेलाडी राजबहादुर सिंह

Raj bahadur singh

काठमाडौं । नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी राजबहादुर सिंहको शुक्रबार राति निधन भएको छ । उनी नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।

दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा छाउनीमा रहेको निवासमा निधन भएको हो ।

उनको शनिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए । सिंह लामो समयदेखि बिरामी थिए ।

औपचारिक रूपमा नेपाली राष्ट्रिय टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खाँ गोल्डकपका उनी एक सदस्य थिए । त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तान रहेको बंगलादेशको ढाकामा सन् १९६३ मा भएको थियो ।

उनले परिषद्को सातौं सदस्य सचिवका रूपमा २०४८ देखि २०५० सम्म जिम्मेवारी सम्हालेका थिए । घरेलु फुटबलमा भने उनले एनआरटी र विद्याव्यायाम मन्दिरका लागि खेले ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...