नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

Corona death 13

चितवन । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान एक जनाको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । योसँगै उपचारका क्रममा भरतपुर अस्पतालमा दुई जनाको निधन भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

क्यान्सरका बिरामी रहेका ती व्यक्तिमा स्वासप्रश्वासमा समस्या आएपछि आइसोलेसन वार्डबाट आइसियूमा राखेर उपचार गरिएको थियो ।

यसअघि भरतपुरकै एक जना वृद्ध निजी अस्पतालमा उपचार गराइरहेका बेला जेठ २६ मा कोरोना संक्रमित पुष्टि भएपछि तत्कालै भरतपुर अस्पताल पठाइएको थियो । भोलिपल्टै जेठ २७ गते बिहान उनको मृत्यु भएको थियो ।

भरतपुर अस्पतालमा उपचार गराएका कोरोना संक्रमित फोक्सोको क्यान्सर भएका भरतपुर–६ केशरबागका एक जना ७५ वर्षीय वृद्धको भने सफल उपचार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...