संकटमा मनोरञ्जन क्षेत्रमा कार्यरत नेपाली महिलाहरु

Women

काठमाडाैँ । जसरी कोरोना महामारीले विश्वभर आर्थिक र जीवन सञ्चालनमा संकट ल्याईरहेको छ । श्रमिक क्षेत्र, व्यवशाय सबै आक्रान्त छन् ।

यस्तो बेला मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अवस्था पनि संकटमा पुगेको छ  खास गरी राजधानी काठमाण्डौंका मसाज पार्लर, दोहोरी, रात्री क्लबहरुमा काम गरेर गुजारा गर्ने महिलाहरुको आर्थिक अवस्था अहिले निकै जोखिममा परेको छ ।

होटल तथा रेन्टुरेन्टहरु बन्द छन्, मसाज पार्लरहरु बन्द छन्, नाईट क्लबहरु बन्द छन् । यस्तो अवस्थामा त्यसैमा काम गरेर गुजारा गर्ने हजारौ महिलाहरु यतिखेर ती पेशा व्यवशाय बन्द हुदा संकटमा परेका हुन् । ती हजारौ मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुलाई अन्यत्र पुनस्थापित गर्न नसकिए भविष्यमा समस्या निम्तन सक्ने यसमा सक्रिय अभियान्ताहरुको चिन्ता छ ।

बाध्यत्मक यौन क्रियाकलापबाट पुनस्र्थापित भएर मनोरञ्जनात्मक क्षेत्रको रोजगारीमा गएका महिलाहरु पुरानै काममा फर्किन थाले भने त्यसले गम्भीर सामाजिक समस्या सिर्जना गर्ने श्रमिक महिला केन्द्रित अभियान्ता सविना तामाङको दावी छ ।

त्यसो त क्षेत्रपाटी, नयाँबजारको खोला किनारातिर चलाइएका कतिपय खाजाघरभित्र अहिले पनि यौन व्यवसाय फस्टाएको सूचना सोह्रखुट्टे प्रहरीले पाइरहेको छ । तर, प्रहरी टोली पुग्दा उनीहरु पहिल्यै तितरवितर हुने गरेका छन् ।

सोह्रखुट्टे प्रहरीका डिएसपी दीपक खड्का भन्छन्, ‘कुनै खाजा घरको ढोका अगाडिबाट खोलेको भए हामी बन्द गराउने नाममा त्यहाँ पुग्न सक्छौँ । तर, ढोका पूरै बन्द छ भने ढोका फोडेर भित्र जाने अधिकार हामीसँग पनि हुँदैन ।’

श्रमिक महिला रक्षा संघकी अध्यक्ष तामाङ भने त्यस्तो क्षेत्रमा आधारित श्रमिक महिलालाई मास्क सिलाउने र सेनिटाइजर बनाउने विधिको तालिम शुरु गर्न लागेको बताउँछिन् ।

तर, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुमा मेहेनत कम, आर्थिक उपार्जन बढी गर्ने बानी लागेका कारण तामाङले भनेजस्तो वैकल्पिक पेशामा उनीहरु सजिलै पुग्न भने गाह्रो छ । जनआस्थाले खबर लेखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...