सोमबार ४५१ जनामा थप कोरोना संक्रमण, नेपालमा ६२११ जना पुगे कोरोना संक्रमित

Corona updet 31

काठमाडौं । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा आजको संख्या अहिलेसम्मकै धेरै हो । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय ५१ जनासहित देशैभर संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा मोरङमा २२ जना, पर्साका १० जना, रौतहटका १०२ जना, तनहुँका ५ जना, अछामका ३ जना, कैलालीका ३ जना, डोटीका ४ जना, बाँकेका ५ जना, बर्दिया १६ जना, प्यूठान ३ जना, दैलेखका ९४ जना, महोत्तरी २० जना, धनुषा ४ जना, नुवाकोटमा ३ जना, सुनसरी ३ जना, झापाका १ जना, दैलेखका ८९ जना, सुर्खेतमा १९ जना, रोल्पाका ४ जना र काठमाडौंका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसगरी दाङमा ४३ जना, धादिङका ९ जना, ललितपुर १ जना, बाराका १ जना, कपिलबस्तुका १ जना, महोत्तरीमा १० जना, अर्घाखाँचीमा ३ जना, चितवनमा १ जना, गुल्मीमा ९ जना, रुपन्देही १२ जना, पाल्पामा १० जना, सर्लाहीमा २३ जना र सिरहामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ६७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमित मध्ये १ हजार ४१ जना उपचारपछि घर फर्किएका छन् भने १९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सोमबार ४ सय ५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो । आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा ५ हजार १ सय ५१ जना रहेका छन् । ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । सोमबार थप ४ सय ९९ जना रेडजोनमा परेका छन् ।

प्रवक्ता गौतमका अनुसार सोमबार पोखरामा पीसीआर परीक्षण गर्ने प्रयोगशाला थप गरिएको छ । योसहित प्रयोगशालमाको संख्या २२ पुगेको छ । गत २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु नभएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...