सुशान्त सिंहको आत्महत्यापछि बाहिरियो यस्तो रहस्य

Sushanta singh rajput

काठमाडौं । अभिनयको निकै राम्रो सम्भावना बोकेर बलिउडमा प्रवेश गरेका सुशान्त सिंह राजपुतले अभिनय गरेका सबै फिल्म हिट थिए ।

सुशान्तका बारेमा बाहिरिएको अर्को समाचार के छ भने उनी यहि बर्ष अर्थात सन् २०२० को नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । उनको विवाहका लागी उनको घर पटनामा तयारीसमेत भएको थियो ।

उनी राम्रा बलिउड अभिनेतामा गनिन थालेका थिए । तर आइतबार अचानक यिनै अभिनेताले आत्महत्या गरेको खबर बाहिरियो । उनको आत्महत्याले के फ्यान, के दर्शक सम्पुर्ण कला जगतलाई नै दुःखी तुल्यायो ।

सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या गरेका हुन् । त्यहाँ उनी एक डिलक्स अपार्टमेन्टमा बस्दै आएका थिए । जहाँ ४ फ्ल्याट थियो ।

सुशान्तले त्यस अपार्मेन्टको मोटो रकम तिर्दै आएका थिए । सुरुमा नै भारु १२ लाख ९० हजार डिपोजिट गरेका थिए भने हरेक महिना उनी ४ लाख ५१ हजार भाडा तिर्दथे । यस फल्याटमा सुशान्तले २०२२ सम्म बस्ने सम्झौता गरेका थिए ।

प्रतिकृया दिनुहोस