प्रदेश नं. २ मा बिहानै थपियो ३४ जनामा कोरोना संक्रमण

Corona updet 31

काठमाडौं । प्रदेश नं. २ मा आइतबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ मा ३४ जनामा कोरोना पुष्टि भएको हो । शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन् । उनीहरुलाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।

पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।

विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...