यस्तो छ आज तपाईको राशीफल

4529896 835x547

काठमाडौँ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज प्रविधि मार्फत दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका आधुरा काम पुनः सुरु हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघाले सताउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन लाभ हुनेछ ।

प्रतिकृया दिनुहोस