कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

Alba maruri

एजेन्सी । विश्वभर कोरोना भाइरस फैलिरहेको बेलामा दक्षिण अमेरिकी देश इक्वेडरमा भने अनौठा घटना घटेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनीएकी एक महिला जीवित भएपछि शोक मनाइरहेका परिवार अचम्ममा परेका छन् ।

केही दिन अघि कोरोना संक्रमित इक्वेडरकी ७४ वर्षकी वृद्धा अल्बा मारुरीको परिवारलाई अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमण फैलिन सक्ने जनाउदै अस्पतालले नै उनको अन्तिम संस्कार गरेर परिवारलाई अस्तु पठाएको थियो । अल्बाको मृत्युको खबर पाएकोे उनको परिवार शोकमा डुबेको थियो । उनका परिवारले अल्बाको अन्तिम संस्कारको बाँकी विधि समेत पूरा गरेका थिए ।

अचम्म त तब भयो जब कोमामा रहेकी अल्बाको होस खुल्यो र उनले परिवारलाई जानकारी दिन आग्रह गरिन् । तबमात्र केही दिन अघि अल्बा ठानेर अन्तिम संस्कार गरिएकी महिला अल्बा नभएको अस्पतालले जानकारी पायो ।

तीन हप्तासम्म कोमामा रहेकी अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भइसकेकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन । पहिचान गर्न गल्ती भएको स्वीकार्दै अस्पतालले अल्बा र उनका परिवारसँग माफी मागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...