चर्चित नायिकाले गरिन आत्माहत्या

Chandana

काठमाडौं । मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी हुन ।

२९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ ।

आत्महत्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छिन् ।

आत्महत्या गर्नुअघि चन्दनाले उक्त भिडियो आफ्ना प्रेमी र परिवारलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो उनीहरुले पाएलगत्तै यसबारे नायिकाका छिमेकीलाई जानकारी दिइयो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्याउन नपाउँदै डाक्टरले उनलाई मृत घोषित गरे । रिपोर्टका अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डेट गरिरहेकी थिइन् ।

उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेको बताइन्छ ।

आत्महत्या गर्नुअघिको उनको बयानमा नायिकाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छिन् । उनका अनुसार दिनेशले उनलाई धोका दिइरहेका थिए ।

दिनेशले दिएको धोका सहन नसकेर उनले आफ्नो ज्यान दिएको बताएकी छिन् ।

चन्दनाको आत्महत्या पछि नै दिनेश फरार छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...