कविता : देश तिमी सुतिरहनु !

Suman sinkhada

देश तिमी त मस्त निन्द्रामा सुतिरहेको हुन्छ्यौँ
जब
तिम्लाई ठडाउने
तिम्रा चारैतिरका खाबाहरु
एकाएक हराउँदैँ जान्छन् ।
तिम्लाई
मेरो पनि केही गुनासो छैन
किनकी तिम्लाई
वर्षौदेखि बानी परिरहेको छ ।

जब
छिमेकीले
मैले खेल्ने
मेरो घर अगाडिकै आँगनबाट
उसको दैलोसम्म पुग्ने मोटर बाटो बनायो
त्यो दिन,
म मेरा आँसुु नसिक्कनजेल रोएको थिएँ
म मेरा झण्डा सहितको पानी जहाज
कसको आँगनमा गुडाऊ भनेर ।

आज म बुझ्ने भएसी
मैले मेरै चोरिएको आँगनमा गुडाएको
पानी जहाजको डोबहरु
मेटिन पाउँदा नपाउँदै
छिमेकीले मेरो अँगेनोमै डोजर चलाइदियो ।

देश
तिमी सुतिरहनु
किनकी
चिर निन्द्रामा देखिएका सपनाहरु
कति मिठा हुन्छन ।

कहिलेकाहीँ
म पनि देख्ने गर्दछु
लिपुलेक अनि लिम्पयाधुरा तिर
फरफराई रहेको मेरो देशको झन्डा ।

हाल : जर्मनी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...