सनी लियोनलाई किन आफ्नै पति प्यारो ?

1483958536 sunnyleone3

मुम्बई । बलिउड अभिनेत्री सनी लियोन बोल्ड दृश्यका कारण मात्र होइन, बीचबीचमा निडर बयानका कारण पनि निकै चर्चामा छाउँछिन् । पूर्व पोर्नस्टार भएकाले सनी धेरै आलोचित पनि हुन्छिन् ।

उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छ । तर उनी आरोप सहेर बस्दिनन् । प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न अभिव्यक्ति दिइरहेकी हुन्छिन् ।

उनलाई भारतमा ‘पोर्नोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप धेरैले लगाउने गर्छन् । यही कारण सनी दम्पतीबीच कहिलेकाहीँ ठाकठुक परेको समाचार पनि बाहिर आउँछ ।

हालै यस्तै आरोपको सनीले पतिभक्ति जवाफ दिएकी छन्। उनले सबै महिलालाई सम्बोधन गर्दै भनेकी छन्, ‘मलाई कसैको पनि पति चाहिँदैन । मसँग निकै राम्रो र मलाई धेरै माया गर्ने श्रीमान् छन् ।’

यस्तै, अर्को प्रसंगमा सनीले न्युड महिलालाई अश्लील मान्न नहुने बताएकी छन् । उनले आफ्नो करिअरको सुरुआतमा न्युड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘जब मैले पहिलो पटक न्युड मोडलको तस्बिर देखेँ, तब मलाई निकै सुन्दर र सेक्सी लागेको थियो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...