कवितामै पोखे डा. लोहनीले ‘होली वाइन’ को पीडा

Dt prakash chandra lohani 20

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी ओलीद्धारा लेखिएको कविता मे १ अर्थात् मजदुर दिवसका दिन सामाजिक सञ्जालमा पोष्ट गरियो । अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिन कविता लेखेपछि उनलाई बहुमुखी प्रतिभाका धनी भनियो ।

प्रधानमन्त्रीको कुर्सीमा कविता लेखेपछि चर्चा नहुने त कुरै भएन । सामाजिक संजाल र मिडियाहरुमा कविता भाइरल पनि भयो । तर, एर्काक अर्का कवि आरपी गौतम (आगो) ले आफुले ६ महिनाअघि लेखेको कविता चोरी भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे । उनले फेसबुकमा लेखे, ‘अब प्रधानमन्त्रीलाई कपि राइट गर्छु, मैले यो कविता छ महिना अगाडि नै सार्वजनिक गरिसकेको छु ।’

यो त प्रधानमन्त्रीको कुरा भयो । प्रधानमन्त्रीले कवितामा श्रमिकका कुरा लेखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि शुक्रबार राती ९ बजेर ४८ मिनेटमा एउटा कविता पोष्ट गरे । जुन अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भाइरल बनेको छ ।

‘आसु’ शिर्षकमा लेखिएको सो कविताले मजदुरको मात्र होइन, भ्रष्टाचारमा लिप्त राजनीतिक नेतृत्वप्रति निक्कै कडा व्यंग्य गरिएको छ । डा. लोहनीले कवितामार्फत नै होली वाइनको चर्चा गरेका छन् । पार्टी फुटाउन खोज्नेहरुलाई समेत झटारो हानेका छन् ।

यस्तो छ उनले पोष्ट गरेको कविता

शिर्षक : आसु

कोरोन भाइरसको औषधि किन्दा पनि
भ्रस्टाचार र लुट मचाउनेहरु
हवाई जहाज खरिद मा पनि
अरबौ को घोटाला गर्ने बहादुर हरु
सत्ता मा रहेर अरबौ को सम्पत्ति
जोड्ने न्याय प्रेमी हरु
बिदेशी धर्म को “होलि वैन “ पियुदा
गर्ब ले अनुहार फुलाउने हरु
हेलिकोप्टर बाट माल बोकेर
डाडामा केक काट्ने गरिब सर्बहाराहरु
राजनीतिक स्थिरता को लागि
पार्टी फुटाउने कानुन ल्याउने खेलाडी हरु
अब सबै ले बुझिसके
तिमीहरुले नेपाली को आशु देख्तैनौ
किनभने मलाई थाहा छ
तिमीहरु को आखामा आशु धेरै पहिले सुकिसकेछ ।

 

 

प्रतिकृया दिनुहोस