श्रमिकका लागि राहतको व्यवस्था गर्न देउवाको माग

Sher bdr deuwa

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागू गरिएको लकडाउनले कष्टकर जीवन बिताइरहेका श्रमिकहरुका लागि अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै देउवाले सभापति देउवाले यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् ।

उनले श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना व्यक्त गरेका हुन् । सभापति देउवाले अहिले पूरै विश्व कोरोना भाइरसको महामारीबाट प्रताडित भएका बेला नेपाल पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको उल्लेख गरेका छन् ।

सन्देशमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै कंँग्रेस र मजदुरहरु सधैँ एकअर्कामा आवद्ध भइ एकअर्काका अनन्य सहयोगी भएर रहिआएको जनाएका छन् ।

प्रतिकृया दिनुहोस